Section 19
प्रतिफल बाँडिने
(१) दफा १५, १६, १७, र १८क. बमोजिम
लगानीकर्ता हिसाब योजना बा नागरिक एकाइ योजना
अन्तर्गत सञ्चालित कार्यक्रममा जम्मा भएको रकममा
प्रत्येक आर्थिक वर्षमा दिने प्रतिफलको दर कोषले
समय-समयमा निर्धारण गरेको मापदण्ड बमोजिम
हुनेछ ।
(२) दफा १७ बमोजिम लगानीकर्ता हिसाब योजनामा जम्मा भएको रकम र उपदफा (१) बमोजिम त्यस्तो रकममा दिनु पर्ने प्रतिफलको रकमको भुक्तानी तोकिएबमोजिम हुनेछ ।
(३) कोषले उपदफा (२) बमोजिम रकम भुक्तानी दिन नसकेमा त्यस्तो रकमको भुक्तानी नेपाल सरकारले दिनेछ ।
(४) दफा १८क. बमोजिम लगानीकर्ता हिसाब योजना वा नागरिक एकाङ्क योजनामा जम्मा भएको रकमको लगानीबाट आर्जित आम्दानीबाट तोकिएबमोजिमको खर्च र सेवा शुल्क तथा जोखिम लगानी जगेडा कोष र लाभाँश समिकरण जगेडा कोष (डिभिडेन्ड इक्वीलाइजेशन फन्ड) मा तोकिएबमोजिम राख्नु पर्ने रकम र लगानीका साधनमा हुन आएको पूंजीगत ह्रास कट्टी गरी बाँकी रकम सम्बन्धित लगानीकर्ताहरूलाई प्रतिफल स्वरुप समानुपातिक हिसाबले बाँडिनेछ ।